दुई जना कर्मचारी घुससहित रंगेहात पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

कञ्चनपुर, ५ भदौ । राजस्व अनुसन्धान कार्यालय अत्तरियारका दुई जना कर्मचारी घुससहित रंगेहात पक्राउ परेका छन् ।

 

 

सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरको टोलीले राजस्व अनुसन्धान कार्यालयका नायब सुब्बा नरेन्द्रकुमार भण्डारी र कार्यालय सहयोगी टिकाराम जोशीलाई रंगहात पक्राउ गरेको हो । अख्तियारको कञ्चनपुर कार्यालय प्रमुख विष्णुसिंह विष्टले विशेष सूचनाका आधारमा उनीहरुलाई नगद ४५ हजारसहित पक्राउ गरिएको बताउनुभयो ।

 

 

घुससहित पक्राउ परेकाहरुमाथि अनुसन्धान सुरु भइसकेको अख्तियारले जनाएको छ ।

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);