हाजिर गरेर हराउँछन् वीरका डाक्टर | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

हाजिर गरेर हराउँछन् वीरका डाक्टर

fack doctor

काठमाडौं, २४ साउन । वीर अस्पतालका अधिकांश डाक्टर दिउँसो १ बजेपछि अस्पतालमा भेटिँदैनन् । नियमअनुसर उनीहरु साँझ ५ बजेसम्म अस्पताल बस्नुपर्ने हो । यसैको लागि सरकारले १ सय ५० प्रतिशतसम्म अतिरिक्त तलब पनि दिने गरेको छ ।

एक कर्मचारीका अनुसार, डाक्टरहरु बिहान ९ बजे डिजिटल हाजिर गरेपछि दिउँसोको खाजा खाने समय बाहिर निस्कन्छन् र ५ बजे आएर हाजिर गर्छन् । कोहीचाहिँ बिहान ९ बजे हाजिर गरेपछि एकैचोटि बेलुकी ५ बजे हाजिर गर्न आइपुग्छन् । अझ केही त बिहान हाजिर गरेपछि बेलुकी हाजिर गर्न पनि फर्किंदैनन् ।

यस्ता डाक्टरमध्ये केहीचाहिँ दिनभर नै अस्पताल वरिपरिकै निजी स्वास्थ्य संस्थामा व्यस्त रहने स्रोतको दाबी छ ।
समाचारमा लेखिएको छ, स्वास्थ्य मन्त्रालयबाट लिखित इजाजत लिएर मात्रै बाहिर काम गर्न सकिने कानुनी व्यवस्था भए पनि वीरका केही डाक्टरले यसको पालना गरेका छैनन् । आजको कान्तिपुरको पृष्ठ ५ मा यो समाचार छापिएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);