कार्यालय नआउने १२ प्रहरी जवानलाई सेवाबाट बर्खास्त गर्ने चेतावनी | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

कार्यालय नआउने १२ प्रहरी जवानलाई सेवाबाट बर्खास्त गर्ने चेतावनी

police

काठमाडाैं । प्रहरी प्रधान कार्यालयले लामो समयदेखि कार्यालयमा नआएका १२ प्रहरी जवानलाई सेवाबाट बर्खास्त गर्ने चेतावनी दिएको छ ।

केही महिनादेखि सम्बन्धित कार्यालयमा हाजिर नभएका तथा खोजबिन गर्दा पनि सम्पर्कमा नआएका ती १२ जनालाई सात दिनभित्र स्पष्टिकरण पेश गर्न भनिएको छ । सम्पर्कमा नआएमा सेवाबाट हटाइने चेतावनी पनि मंगलबार जारी गरिएको सार्वजनिक सूचनामा उल्लेख छ ।

यसरी कार्यालयमा हाजिर नहुनेमा प्रहरी जवानहरू राजकुमार शाह, डिलबहादुर पुनमगर, विजेन्द्र कार्की,  आशाराम महतो, वुद्धवीर तामाङ, मुस्कान वान्तवा, विष्णु विक,  अर्जन पुन, रामचन्द्र जोशी, गणेशसिंह धामी, केशव बुढाथोकी र पवन विक रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);