उपत्यकामा एकैदिन १४ सयभन्दा बढी सवारी चालकमाथि कारवाही  | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

उपत्यकामा एकैदिन १४ सयभन्दा बढी सवारी चालकमाथि कारवाही 

काठमाडौं । ट्राफिक प्रहरीले एकै दिन काठमाडौं उपत्यकामा एक हजार ४०६ जना सवारी चालकमाथि कारवाही गरेको छ । ट्राफिक नियम उल्लङ्घन गर्ने उनीहरुलाई सोमबार उपत्यकाको विभिन्न स्थानबाट ट्राफिक प्रहरीले कारवाही गरेको हो । 

कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १२५ जना, मदिरा पिएर सवारी साधन चलाउने ४५ जना र जथाभावी यात्रु चढाउने तथा ओराल्ने ५९ जना रहेका छन् । 

रातो बत्तीको उल्लङ्घन गर्ने ३८ जना, ढोका खुल्लै राखेर सवारी चलाउने ४६ जना, अवस्था ठिक नभएको सवारी साधन चलाउने २५ जना र क्षमता भन्दा बढी यात्रु राख्ने २२ जना चालकलाई पनि कारवाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);