महिनाभरिको हाजिर एकै दिन गरेर डा. राई जिल्ला बाहिर | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

महिनाभरिको हाजिर एकै दिन गरेर डा. राई जिल्ला बाहिर

doctor giri

जाजरकोट, २५ साउन । सरकारी कर्मचारीले कार्यालयमा उपस्थित भएको दिनमात्र हाजिर गर्न पाउँछन् । अन्यथा बिदा वा काज बस्नुपर्छ ।
जाजरकोट अस्पतालका चिकित्सकले भने महिनाभरीको हाजिरी एकैपटक गरेको पाइएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठानबाट काजमा खटिएकी स्त्रीरोग विशेषज्ञ डा. पूर्णिमा राईले महिनाको हाजिरी एकैपटक गरेकी हुन् ।

उनले गत साउन १८ गते नै आगामी ३१ गतेसम्मको हाजिरी गरेर नै जिल्ला छाडेको पाइएको हो । डा. राई गत जेठदेखि जाजरकोट अस्पताल गएकी हुन् । समाचारमा लेखिएको छ, जिल्ला स्वास्थ्य कार्यालयले उनलाई महँगो तलब दिएर जटिल प्रकृतिका सुत्केरीको शल्यक्रियाका लागि काजमा राखेको हो । आजको कान्तिपुरले पृष्ठ १० मा यो समाचार छापेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);