अब यस्तो व्यवहार गर्ने कर्मचारीलाई जरिवानासहित जागिरबाट हटाईने | ईमाउण्टेन समाचार

Our Network

असोज ५ २०८३, मंगलबार

अब यस्तो व्यवहार गर्ने कर्मचारीलाई जरिवानासहित जागिरबाट हटाईने

sarkari karmachari

काठमाडौं, २१ साउन । रोजगारमा लागेका व्यक्तिलाई विनाकारण हटाउन नपाइने भएको छ।

आजको कान्तिपुर दैनिकको समाचार अनुसार, आफ्नो जिम्माको काम नगर्ने, कामको समयमा मादक पदार्थ सेवन गर्ने, अनुमति नलिई सातामा बढी विदा बस्नेलाई रोजगारीबाट हटाउनसक्ने प्रावधान राखिएको छ।

त्यस्तै, काममा लापरबाही गरेमा, अनुशासनहीन काम गरेमा र तोकिएको शर्त पालना नगरेमा रोजगारदाताले कामबाट हटाउन सक्ने ब्यवस्था प्रस्ताव गरिएको छ । रोजगार दिने कम्पनीले श्रमिकलाई भेदभाव गरेमा १० हजार रुपैयाँ जरिवाना हुने व्यवस्था गरिएको छ।

यस्तै जुन उद्देश्यका लागि सरकारबाट सहायता लिएको हो त्यही प्रयोजनमा खर्च गर्नुपर्नेछ। अन्यत्र खर्च गरे सरकारबाट लिएको बराबर असुल गरी त्यति नै जरिवाना गर्ने व्यवस्था पनि गरिएको खबर आजको कान्तिपुर दैनिकमा छ ।

ताजा समाचार