सरकारले अस्पताल र स्वास्थ्यकर्मीकाे सुरक्षाका लागि अध्यादेश जारी गर्ने निर्णय | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सरकारले अस्पताल र स्वास्थ्यकर्मीकाे सुरक्षाका लागि अध्यादेश जारी गर्ने निर्णय

काठमाडौं ।  सरकारले अस्पताल र स्वास्थ्यकर्मी सुरक्षाका लागि अध्यादेश जारी गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ संशोधन अध्यादेश जारीका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य कर्मीलाई कार्यस्थलमा हुने आक्रमणका घटनालाई निरुत्साहीत गरी स्वास्थ्यकर्मी निर्धक सेवामा संलग्न हुन पाउन र अस्पतालमाथि सुरक्षाको प्रत्याभूत गराउन अध्यादेश ल्याउन लागीएको बताइएको छ ।

अध्यादेशमा अस्पताल आगजनी गरे ३ देखि ५ लाख रूपैयाँसम्म जरिवाना र २ देखि ५ वर्षसम्म कैद सजाय हुने तथा स्वास्थ्यकर्मीलाई कुटपिट गरी अंगभंग तुल्याएमा, घाइते तुल्याएमा ३ वर्ष कैद र ३ लाखसम्म जरिवानाको व्यवस्था गरिएको छ ।

कार्यस्थलमा हुलहुज्जत गरी, नारा, जुलुस, धर्ना आदि गरी उपचारमा अवरोध पु¥याएमा, स्वास्थ्यकर्मीलाई गालीगलौज, दुव्र्यवहार, अभद्र व्यवहार गरेमा १ वर्ष कैद र एक लाख रुपैयाँ जरिवानाको व्यवस्था गरिएको बुझिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);