जाजरकोट पहिरो (अपडेट) : मृत्यु हुनेको संख्या ९ पुग्यो | ईमाउण्टेन समाचार

Our Network

मंसिर १५ २०८१, शनिबार

जाजरकोट पहिरो (अपडेट) : मृत्यु हुनेको संख्या ९ पुग्यो

jajarkot landslide1

जाजरकोट, २० साउन । जाजरकोटको सदरमुकाम खलंगामा आइतबार बिहान गएको पहिराले घर पुर्दा मृत्यु हुनेको संख्या ९ पुगेको छ । पहिरोमा परी एक जना घाइतेको जिल्ला अस्पताल जाजरकोटमा उपचार हुँदै छ ।

पहिरोमा परी मृत्यु हुनेमा ८ जना बालबालिका र १ महिला रहेकी छन् । १३ वर्षीय नरेन्द्र परियार, ८ वर्षीय गोविन्द परियार, ८ वर्षीय दर्शक परियार, ११ नविन परियार, ८ वर्षीय नज्मा बोहरा, ३ वर्षीया मनिषा विक, २५ वर्षीया सितला लोहार, उनकी छोरीहरू ९ वर्षीया भगवती विक र ६ वर्षीया रञ्जना विक रहेको प्रहरीले जनाएको छ ।

मृतक सितला लोहारका ३१ वर्षीय पति लालबहादुर लोहारको भने जाजरकोट जिल्ला अस्पतालमा उपचार भइरहेको छ । पहिरोमा परी तिर्थ बोहोरा र गोपाल सुनारको घर पुरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);