लगातारको वर्षासँगै आएको पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध | ईमाउण्टेन समाचार

Our Network

असार २१ २०८१, बिहीबार

लगातारको वर्षासँगै आएको पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

muglin pahiro

काठमाडौं, २० साउन । लगातारको वर्षासँगै आएको पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।

सडक खण्ड अन्तरगत भरतपुर महानगरपालिका–२ को घुमाउने भन्ने स्थानमा पहिरो खसेपछि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । पानी परिरहेकाले पहिरो हटाउन समस्या भएको छ । विगत चारदिनदेखि नै उक्त स्थानमा पहिरो खसिरहेको छ । पहिरो हटाउँदै गाडी चलाउँदा यात्रु भने जोखिममा परेका छन् ।

यो सडकखण्डमा गाडी चलाउँदा सावधानी अपनाउन नारायणगढ–मुग्लिन सडक आयोजनाले आग्रह गरेको छ । यसैबीच लगातारको वर्षापछि आएको पहिरोले पासाङल्हामु मार्गका विभिन्न स्थानमा अबरोध भएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);