नेपाल पत्रकार महासंघको २५ औँ महाधिवेशन: मतदान जारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

काठमाण्डौँ, ५ भदौ । नेपाल पत्रकार महासंघको आगामी नेतृत्वका लागि मतदान भईरहेको छ ।

 

राजधानीमा जारी नेपाल पत्रकार महासंघको २५ औँ महाधिवेशनले आगामी ३ बर्षका लागि महासंघको नयाँ नेतृत्व चयन गर्न लागेको हो । महासंघको आगामी नेतृत्वका लागि १ सय १७ जना पत्रकार चुनावी मैदानमा उत्रिएका छन् । महासंघ केन्द्रीय समितिका ४७ पदमा १ सय ११ जना र अध्यक्ष पदका लागि ५ जनाबीच प्रतिष्पर्धा हुनेछ । अध्यक्षका लागि तीर्थ कोइराला, गोविन्द आचार्य, उजिर मगर, इन्द्रबहादुर राउत र भावना विद्रोही प्रतिष्पर्धामा उत्रिएका छन् । अध्यक्ष तीर्थ कोइरालाको प्यानलमा उपाध्यक्षमा मात्तृका पौडेल, महासंचिवमा बालकृष्ण बस्नेत, सचिव खुल्लामा रुद्र प्रसाद भट्ट, महिला सचिवमा सुष्मा पौडेल, आदिवासी सचिवमा सिद्धराज राई, मधेसी सचिवमा अतिस कुमार मिश्र, दलित सचिवमा रेमबहादुर विश्वकर्मा, एसोसियट सचिवमा महेन्द्र प्रसाद भट्टराई र कोषाध्यक्षमा खगेन्द्र पन्थ, लेखा समिति संयोजकमा रामहरि सिलवाल छन् ।

 

त्यसैगरी गोविन्द आचार्यको प्यानलमा विपुल पोख्रेल खुल्ला उपाध्यक्ष, महासचिवमा रमेश विष्ट, सचिव खुल्लामा रामप्रसाद दाहाल, सचिव महिलामा लक्ष्मी पुन, आदिवासी जनजाती सचिवमा उदय जि एम, मधेसी सचिवमा सितल प्रसाद महतो, दलित सचिवमा हेम कर्ण विक, एसोसियट सचिवमा प्रकाश थापा, कोषाध्यक्षमा राजेश मिश्र र लेखा समिति संयोजकमा रोशन पुरी उम्मेदवारी दिएका छन् । निर्वतमान महासचिव उजिर मगरले छुट्टै अध्यक्षमा उम्मेदवारी दिनुभएको छ ।

 

लेखा समिति संयोजकसहित दुई सदस्यका लागि ६ जना चुनावी प्रतिष्पर्धामा छन् । महासंघको नयाँ नेतृत्व चयनका लागि देशभरबाट छानिएका एक हजार ५ सय १५ जना केन्द्रीय सभासदले नया पदाधिकारी चयनका लागि मतदान गर्नेछन् । नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ९ बजे देखि सुरु भएको मतदान सांझ ५ बजे सम्म चल्ने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);