सरकारले संसदीय मुल्य र मान्यतालाई कुल्चिदै गएकाे कांग्रेसकाे अाराेप | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

सरकारले संसदीय मुल्य र मान्यतालाई कुल्चिदै गएकाे कांग्रेसकाे अाराेप

nepali congress

काठमाडौं, १७ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले संसदीय मुल्य र मान्यतालाई कुल्चिदै गएको आरोप लगाएको छ । सभामुखले मन्त्रीसँगको प्रश्न उत्तरको समय नदिएको भन्दै प्रतिनिधिसभाको विहीबारको बैठक बहिष्कार गरेको कांग्रेसले सरकारले संसदलाई पार्टीको रुपमा लिएको आरोप लगाएको छ ।

बैठक बहिष्कार पछि संघीय संसद भवन परिसरमा संचारकर्मीलाई प्रतिक्रिया दिँदै कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले संसदीय पद्धति र परम्पराको पालना गर्ने दायित्वबाट सरकार पछि हटेको बताए ।

कांग्रेस सांसद डाक्टर मिनेन्द्र रिजालले सरकारले संसदलाई पार्टीको रुपमा लिएको भन्दै आगामी दिनमा नसच्चिए कडा प्रतिकारमा उत्रने चेतावनी दिए ।

सभामुख कृष्णबहादुर महराले भने बैठक बहिष्कार गर्नुपर्ने अवस्था नरहेको बताए । सुन्य समय र विशेष समयमा उठेका प्रश्नमा सम्बन्धीत मन्त्रीले दिएको जवाफमा प्रश्न उत्तरको व्यवस्था नियमावलीले नगरेको उनको भनाइ छ ।

कन्चनपुरमा भएको बालिका बलात्कार पछिको हत्याको घटनाबारे सदनलाई जानकारी दिएका गृहमन्त्री रामबहादुर थापासँग प्रश्नउत्तरको समय नदिएको भन्दै कांग्रेसले विहीबारको बैठक बहिष्कार गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);