सिनेमा शैलीमा राज्यमन्त्री झाको गृहनगर यात्रा ! | ईमाउण्टेन समाचार

Our Network

भदौ ६ २०८३, आइतबार

सिनेमा शैलीमा राज्यमन्त्री झाको गृहनगर यात्रा !

dimplekumari jha

काठमाडौं, १७ साउन । यतीबेला प्रदेश–२ की राज्यमन्त्री डिम्पलकुमारी झाको गृहनगर यात्रा चर्चाको विषय बनेको छ । चर्चा हुनु स्वभाविक पनि हो । प्रदेशको राज्यमन्त्रीको गृहनगर यात्रा प्रधानमन्त्रीको सवारीभन्दा पनि भव्य लाग्ने गरी दक्षिण भारतीय सिनेमाको शैलीमा थियो ।

प्रदेश–२ की राज्यमन्त्री डिम्पलकुमारी झाको गृहनगर यात्रा हर्न लायक थियो । दक्षिण भारतीय चलचित्रहरुमा खलपात्रहरुको बलियो आर्थिक अवस्था र रवाफ प्रस्तुत गर्न देखाइने दृश्य जस्तै थियो त्यो ।

अघिपछि ७०–८० वटा गाडीको लावालस्करसहित रौतहट पुग्नुभएकी राज्यमन्त्री झाको स्वागतका लागि गरुडादेखि सदरमुकाम गौरसम्म सडक किनारामा स्थानीय उपस्थित थिए । साथमा थिए उहाँका श्रीमान राष्ट्रिय जनता पार्टी नेपालका नेता अनिलकुमार झा ।

गृहनगर जाने क्रममा झाको रवाफ देख्दा उनि कुनै पैराणिक राज्यको महाराज जस्तो देखिन्थिन । पहिलो पटक प्रदेश सरकारको राज्यमन्त्री बनेकी झाले आफ्नो शक्तिको राम्रैसँग प्रदर्शन गरिन् ।

राज्यमन्त्री झाको रवाफलाई उनको पार्टी राजपा नेपालले भने स्वभाविक मानेको छ । राजपाका नेता केशव झा यसलाई समान्य मान्छन् । राजनीतिक संस्कार नै यस्तै भएकाले यसलाई अन्यथा मान्न नुहने उनको भनाइ छ ।

प्रदेश–२ को सत्ता साझेदार दल संघीय समाजवादी फारमका नेता डाक्टर शीवजी यादव भने यस्तो प्रवृतिको अन्त्य गर्नुपर्ने बताउछन् । झाको गृहनगर यात्रा राजनीतिक संस्सकारको प्रतिफल भएको उनको टिप्पणी छ ।