जोशीको अनुमोदनका लागि आज संसदीय सुनुवाई विशेष समितिको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

मंसिर १९ २०८१, बुधवार

जोशीको अनुमोदनका लागि आज संसदीय सुनुवाई विशेष समितिको बैठक बस्दै

joshi

काठमाडौं, १४ साउन । सर्वाेच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको अनुमोदनका लागि आज संसदीय सुनुवाई विशेष समितिको बैठक बस्दै छ ।

गत बिहीबार संसदीय सुनुवाई सकिएपनि जोशीका विषयमा विभिन्न विवाद रहेकाले थप छलफल आवश्यकता भएको भन्दे निर्णय हुन सकेको छैन । शुक्रबार र आइतबार समितिको बैठक स्थगित भएको थियो । तर, आज पनि समितिको बैठक बस्नेमा आशंका पैदा भएको छ । आज दिउँसो दुई बजेका लागि बैठक बोलाइएको छ । समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले संसद बैठकमा समिति सदस्यहरु व्यस्त हुनुपरेकाले आइतबार समितिको बैठक बस्न नसकेको बताए ।

सुनुवाईका क्रममा सांसदहरु जोशीका केही फैसला देखि व्यक्तिगत विषयमा समेत प्रश्न उठाएका थिए । जोशीको शैक्षिक प्रमाणपत्रमा समेत विवाद देखिएको छ । यसअघि सुनुवाई सकिएकै दिन निर्णय आउने गरेकोमा जोशीको हकमा यस्तो हुन सकेन । जोशीको विषयमा देखिएको ववाद समाधानका लागि विज्ञ समुह बोलाउने वा नबोलाउने भन्नेमा पनि समितिमा विवाद देखिएको छ ।

जोशीको विषयमा नेपाल कम्युनिष्ट पार्टीका नेताहरु समेत विभाजित छन् । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालले जोशीका विषयमा देखिएको विवाद अध्ययन गरिरहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);