एक्लो प्रयासमा ट्राफिक प्रहरीका लागि भवन निर्माण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

एक्लो प्रयासमा ट्राफिक प्रहरीका लागि भवन निर्माण

bhawan

झापा, १२ साउन । झापाका एक साहसी प्रहरी शंकर यादवले एक्लो प्रयासमा ट्राफिक प्रहरीका लागि भवन निर्माण गरिदिएका छन् । ३३ किलो सुन काण्डले सिंगो प्रहरी संगठनको छवि धमिलिरहेका बेला झापामा कार्यरत प्रहरी जवान शंकर यादवले आफ्नो एक्लो प्रयासमा ट्राफिक प्रहरीका लागि झापाको गौरादह नगरपालिका वाड नम्बर १ मा चारकोठे पक्की भवन निर्माण गरिदिएका हुन् ।

भवन निर्माणको लागि जग्गा दान गर्ने दानवीर भने ८९ वर्षीय समाजसेवी रत्नबहादुर श्रेष्ठ हुन् । गौरादह नगरपालिकाको चारलाख रुपैयाँ आर्थिक सहयोग र बाँकी रकम प्रहरी जवान यादव एक्लैले जागिरबाट बचेको, अतिरिक्त समयमा दातासंग मागेर जुटाएको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);