बैतडीका एक युवा कृषि पेशाबाट उन्नती गर्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

बैतडीका एक युवा कृषि पेशाबाट उन्नती गर्दै

प्रेम भाट
बैतडी, १२ साउन । बैतडीको दशरथचन्द्र नगरपालिकाका वासुदेव भट्ट युवाहरुका लागि उदाहरणीय बनेका छन् । विक्रम संवत २०६९ सालमा एक घार मौरीबाट मौरीपालन व्यवसाय सुरु गरेका भट्टले आफूलाई व्यवसायीक कृषकका रुपमा स्थापित गरेका छन् ।

रोजगारीको खोजीमा दैनिक ठूलो संख्यामा युवाहरु विदेशिएका बेला बैतडीका यि युवाले भने गरे यहीँ सम्भव छ भन्ने भनाइलाई सार्थक बनाएका छन् । विक्रम संवत २०६९ सलामा एक घार मौरीबाट व्यवसाय सुरु गरेका भट्ट अहिले अरु दुई जनालाई रोजगार दिन सक्ने भएका छन्।

त्यती मात्र होइन उनी जिल्लाकै नमुना कृषक बनेका छन् । हाल भट्टले मौरीसँगै बाख्रा र टर्की पालन पनि गरिरहेका छन् । मौरी पालनबाट भएको आम्दानीले भट्टले १ वर्ष अघि करिब ५ लाखको लगानीमा बाख्रा पालनका लागि आधुनिक खोर निर्माण गरेका छन् । भट्टको खोरमा अहिले ६० वटा भन्दा बढी माउ बाख्रा छन् ।

उन्नत जातको बाख्रा पालनका लागि भट्टले करिब ३ लाखको लागतमा विदेशबाट बोयर जातको बोकासमेत ल्याएका छन् । दुई जना युवालाई रोजगारी समेत दिइरहेका भट्ट अरुलाई पनि व्यवसायीक कृषिमा लाग्न आग्रह गर्छन ।

बाख्रा र टर्कीका लागि उनले बारीमा गहुँ मकै लगाउन छाडेर घाँस लगाएका छन् । बाख्रालाई खुवाइने घाँस टर्कीलाई पनि खुवाउन सकिने हुँदा टर्कीपालन सजिलो र कम लगानीमा गर्न सकिने भट्टको भनाइ छ । कृषि व्यवसायबाटै भट्टले कञ्चनपुरमा एक बिघा जमिन, घडेरी र एक घरसमेत बनाएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);