काठमाडौं महानगरका जनप्रतिनिधिको तलब १२ करोड | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

काठमाडौं महानगरका जनप्रतिनिधिको तलब १२ करोड

kathamandu mahanagar palika

काठमाडौं, १२ साउन । काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्षमा सल्लाहकारलाई तलब र पारिश्रमिक बापत ६० लाख रुपियाँको बजेट विनियोजन गरेको छ। विकास निर्माणको पाटोलाई थाती राखेर कामपाले सल्लाहकारलाई मात्रै यति धेरै रकम विनियोजन गरेको हो।

कामपाले गुरुयोजना तर्जुमा गर्न ११ विज्ञ नियुक्ति गरेको छ। कामपाले शहरी योजना आयोजनाअन्तर्गत सल्लाहकार नियुक्ति गरेको हो। त्यस्तै ५ जना कानुनी सल्लाहकारलाई समेत पारिश्रमिक उपलब्ध गराउँदै आएको छ। अन्य विभिन्न कामका लागि कामपाले विज्ञ र सल्लाहकार नियुक्ति गर्दै पारिश्रमिक उपलब्ध गराउने गरेको छ।

कामपाले सार्वजनिक गरेको बजेटमा यो वर्ष जनप्रतिनिधिको तलब शीर्षकमा मात्रै झन्डै १२ करोड रुपियाँ विनियोजन गरेको छ। उनीहरूको सुविधाका लागि ९ करोड २६ लाख रुपियाँ विनियोजन गरेको छ। सुविधाअन्तर्गत टेलिफोन, उपचार खर्च, पोसाक, दुर्घटना बीमा र खाजाखर्च रहेका छन्। जनप्रतिनिधिको बहान सुविधा र विधि खर्चबापत ७ करोड ५ लाख, टेलिफोन सुविधाबापत २० लाख, उपचार खर्चबापत २५ लाख, पोसाक खर्चबापत २५ लाख र खाजा खर्चबापत २ करोड २६ लाख रुपियाँ विनियोजन गरेको छ। कामपामा झन्डै १ सय ८० जना निर्वाचित जनप्रतिनिधि छन्।

जनप्रतिनिधि कर्मचारीको तलब सुविधा शीर्षकमा ७७ करोड ५७ लाख रुपियाँ विनियोजित गरेको छ। त्यस्तै कर्मचारीतर्फ ओभरटाइम भत्ताबापत ७५ लाख रुपियाँ विनियोजन गरिएको छ। कामपाले प्रोत्साहन तथा विविध भत्ताबापत १३ करोड २० लाख रुपियाँ विनियोजन गरेको छ। यातायात भत्ताबापत १५ लाख रुपियाँ विनियोजन गरेको छ। महानगर भत्ताबापत ५ करोड, त्यस्तै औषधी उपचार खर्चबापत ४० लाख रुपियाँ विनियोजन गरेको छ।

यो खबर आजको नेपाल समाचारपत्रमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);