चितवनमा सय राउण्ड अश्रु ग्याँस र १० राउण्ड हवाइ फायर | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८३, सोमबार

चितवनमा सय राउण्ड अश्रु ग्याँस र १० राउण्ड हवाइ फायर

चितवन, ९ साउन । चितवन प्रहरीले सय राउण्ड अश्रु ग्याँस र १० राउण्ड हवाइ फायर गरेको छ । रिक्सा चालकले गरेको उत्तेजित प्रदर्शन कम गर्न प्रहरीले हवाइ फायर र अश्रु ग्याँस प्रहार गर्नु परेको जनाएको छ ।

यति मात्र नभइ भरतपुरमा विद्युतीय रिक्सा चालक र प्रहरीबीच ढुंगा हानाहान समेत भएको छ । तीनपांग्रे सवारीसाधनलाई मुख्य राजमार्गमा गुड्न रोक लगाएपछि रिक्सा चालकहरु आन्दोलित बनेका छन् । पारस बसपार्कमा भेला भएका करिब तीन सय रिक्सा सञ्चालकले सवारी अवागमन अवरुद्ध पारेपछि प्रहरीले उनीहरुलाई हटाउन खोजेको थियो।

त्यसक्रममा प्रदर्शनकारी र प्रहरीबीच ढुंगा हानाहान भएको जिल्ला प्रहरी कार्यलय चितवनका प्रमुख प्रहरी उपरीक्षक शुसील सिंह राठोरले जानकारी दिए ।

उनका अनुसार प्रर्दशनकारीले जिल्ला प्रशासन कार्यालय अगाडिको चौकीमा आक्रमणको प्रयास गरेका थिए । त्यसक्रममा प्रहरी चौकी अगाडि रहेको एउटा मोटरसाइकलमा उनीहरुले आगजनी गरेका छन् ।

त्यसपछि पुनः उनीहरु सिडिओ कार्यालयतिर अघि बढेपछि प्रहरीले सय राउण्ड अश्रु ग्याँस प्रहार गरेको छ । एसपी राठोरका अनुसार प्रदर्शनकारीलाई तितरवितर पार्न १० राउण्ड हवाइ फायर पनि गरिएको छ ।

झडपका क्रममा केही प्रदर्शनकारीसहित दुईजना प्रहरी घाइते भएका छन् । उच्च अदालतको आदेश भन्दै भरतपुर महानगरपालिकाले मंगलबारदेखि राजमार्गमा तीनपांग्रे सवारी संचालनमा रोक लगाएपछि तीनपांग्रे सवारी सञ्चालक आन्दोलित बनेका हुन् ।

भरतपुर महानगरपालिकाभित्र साउन ५ गतेदेखि तीनपाङग्रे सवारी साधनलाई मुख्य राजमार्गमा संचालनमा रोक लगाउने निर्णय गरेको थियो ।