वार्तामा बसेर समस्याको समाधान गर्न डा. केसीलाई प्रम ओलीको आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

वार्तामा बसेर समस्याको समाधान गर्न डा. केसीलाई प्रम ओलीको आग्रह

kp-oli-govinda-kc

काठमाडौं, ७ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ चिकित्सक गोविन्द केसीलाई वार्तामा बसेर समस्याको समाधान गर्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीले काँग्रेसले केसीको स्वास्थ्यमाथि राजनीतिक स्वार्थ जोडेर खेलबाड गरिरहेको आरोप लगाउँदै वरिष्ठ चिकित्सक केसीलाई सचेत गराएका छन् । सोमबार काठमाडौंमा पुष्पलाल स्मृद्धि दिवसको अवसर पारेर आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकार स्वास्थ्य शिक्षा क्षेत्रमा सुधार गर्न तयार रहेको उल्लेख गर्दै त्यसको नेतृत्व लिन पनि केसीलाई आग्रह गरे ।

उनले केसीका वरिपरी बसेकाहरुले ‘आमालाई घमलंग अंगालो हालेर नाकको फुली थुते’ जस्तो व्यवहार गोविन्द केसीका वरीपरी रहनेहरुले गरेको भन्दै आक्रोश व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले गोविन्द केसीलाई उपचार गर्न नदिनुको कारण स्पष्ट पार्न पनि नेपाली काँग्रेसलाई चेतावनी दिए । उनले चिकित्सकहरुले अस्पतालको सेवा बन्द गराएकोमा आक्रोश व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले आमरण अनसन मानव अधिकार विरोधी गतिविधि भएपनि त्यसको पक्षमा विरोध प्रर्दशन गरेको भन्दै मानव अधिकारकर्मीहरुप्रति पनि असन्तुष्टि व्यक्त गरे । उनले पूर्व प्रधानन्यायाधिश शुशिला कार्कीजस्तो न्यायको सर्वोच्च निकायमा पुगेकाहरु निषेधित क्षेत्र तोड्न पुगेको भन्दै आपत्ति जनाए । सरकार आवेश, उत्तेजना जस्ता कुनै पनि गतिविधिमा संलग्न नहुने प्रधानमन्त्री ओलीको भनाई छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);