चितवनका महिलाहरु आत्मनिर्भर बन्दै | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

चितवनका महिलाहरु आत्मनिर्भर बन्दै

चितवन, ७ साउन । सहकारीको क्रणबाट व्यवसाय सुरु गरेका चितवनका महिलाहरु आत्मनिर्भर बन्न थालेका छन् । व्यवसायबाट राम्रो आम्दानी भएपछि महिलाको जीवनस्तर उकासिएको छ ।

दश वर्षअघि अर्काको घरमा डेरा गरी बस्ने चितवन रत्ननगरकी शान्ता परियारको अहिले रत्ननगर १३, रामलाल चोकमा पक्की घर छ । उनले सोही घरमा टेलर व्यवसाय सञ्चालन गरेकी छन् ।

आर्थिक विपन्नताका कारण बिहान–बेलुका हातमुख जोर्न मुस्किल हुने शान्ताले शान्तिकुञ्ज सामाजिक उद्यमी महिला सहकारीबाट ऋण लिएर सुरू गरेको व्यवसायबाट कमाइ गर्न थालेकी छन् । २ लाख ऋण लिएर सुरु गरेका टेलरबाट कमाएको पैसाले शान्ताले घर बनाएकी हुन् ।

महिलाहरुले सहकारीबाट १५ प्रतिशत ब्याजदरमा ऋण लिएर सिलाइकटाइ, बाख्रापालन, गाईपालन, तरकारीखेती, कुखुरापालन, कस्मेटिक पसल, कपडा पसल, अटोरिक्सा सञ्चालन गरेर उद्यमी बन्ने गरेको संस्थाले बताएको छ ।

२०६६ सालमा समूहमा बाख्रापालन र मेलापात गरेर कमाएको पैसाले सञ्चालन गरेको सहकारी अहिले महिलाहरुको जीवन निर्वाहको आधार बनेको हो । सहकारीले २ सय ३५ जना महिलाहरुलाई विभिन्न शीर्षकमा ऋण लगानी गरेको छ ।

२ सय ३५ जनामध्ये १ सय ५० जना महिलाहरुले सहकारीबाट ऋण लिएर व्यवसाय गरिरहेका छन् । संस्थाले महिलाहरुलाई उद्यमी बनाउन २ करोड २७ लाख रूपैयाँ ऋण लगानी गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);