बाराको निजगढ नगरपालिकाका प्रमुख र उपप्रमुखबीच विवाद चुलियाे | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बाराको निजगढ नगरपालिकाका प्रमुख र उपप्रमुखबीच विवाद चुलियाे

श्याम गुप्ता, बारा

बाराको निजगढ नगरपालिकाका प्रमुख र उपप्रमुखबीच विवाद चुलिएको छ । सिमरामा मालपोत र नापी कार्यालयलको सेवा विस्तार गर्ने विषयमा प्रमुख र उपप्रमुखबीच विवाद चुलिएको हो ।

सिमरामा मालपोत र नापी कार्यालयलको सेवा विस्तार गर्ने अघिल्लो सरकारले निर्णय गरेको थियो । तर सरकारको निर्णय विपरित नगरपालिका प्रमुख सुरेशकुमार खनालले कार्यालय विस्तारमा असहयोग गरेको उपप्रमुख लिलादेवी लामिछाने आरोप लगाएकी छन्।

उनले पत्रकार सम्मेलन नै गरेर नगरप्रमुख खनालले कार्यपालिकाको म्यान्डेट विपरित काम गरेको आरोप लगाइन् । ‘कलैया बचाउ संघर्ष समिति’ को प्रभावमा नगरप्रमुख परेको उनको आरोप छ ।

सिमरामा कार्यालय सञ्चालन गर्न तत्कालिन सरकारले ०७१ असोजमा गरेको निर्णय अहिलेको सरकारले गत जेष्ठ २० मा कार्यान्वयन गर्ने निर्णयगरे पछि ‘कलैया बचाउ संघर्ष समितिले विरोध गर्दै आएको छ ।

जिल्ला समन्वय समितिकोले तत्काल सेवा विस्तार नगर्न सरकारसँग माग गर्ने निर्णय पछि कार्यालय स्थापनाको माग गर्दै नगर प्रमुख सहितको टोली काठमाडाैँ डेलिगेशन आएको थियो । तर डेलिगेशन आएपनि नगरप्रमुखले भित्र भित्रै कार्यालय स्थापनामा असहयोग गरेको आरोप लागेको छ ।

तत्कालिन सरकारले २०७१ असोजमा सिमरामा मालपोत र नापीको शाखा विस्तार गर्न गरेको निर्णय संघर्ष समितिको विरोध र प्रदर्शनका कारण स्थगित भएको थियो ।

त्यस्तै २०६५ सालमा तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले निजगढमा पनि सेवा केन्द्र सञ्चालन गर्ने निर्णय गरेपनि सोही समितिको विरोधका कारण कार्यान्वयन भएको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);