समर्थक कुटिएपछि डा. केसी काठमाडौं आउन तयार | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

समर्थक कुटिएपछि डा. केसी काठमाडौं आउन तयार

dr kc jumla1

काठमाडौं, ३ साउन । प्रहरीले डा. गोविन्द केसीका समर्थकमाथि जुम्लामा लाठी प्रहार गरेको छ । जुम्लाका स्थानीयवासीले हेलिकप्टरसहित गएको सरकारी टोली तथा कर्णाली प्रदेशका मुख्यमन्त्री र गृहमन्त्रीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रवेशमा रोक् लगाइएपछि प्रहरीले लाठी प्रहार गरेको हो ।

लाठी प्रहारका कारण प्रतिष्ठान परिसरमा मानव साङ्लो बनाएर बसेका महिला तथा विद्यार्थीको भागाभाग भएको छ । केही विद्यार्थी घाइते भएका छन् । आफ्नो समर्थनमा उभिएका स्थानीयवासी कुटिएपछि डा. केसी सरकारी टोलीसँग काठमाडौं आउन तयार भएका छन् ।

jumlama_abarod2

jumlama_abarod2

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले स्वास्थ्य अवस्था जटिल बनेका केसीलाई काठमाडौं ल्याएर उपचार गर्ने र उनका मागबारे खुला छलफल गर्ने निर्णय गरेअनुरुप स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. गुणराज लोहनीसहितको टोली आज विहान हेलिकप्टर लिएर जुम्ला पुगेको हो ।

dr kc jumla

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);