कञ्चनपुरमा लाठी प्रहारबाट एक जनाको हत्या | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

कञ्चनपुरमा लाठी प्रहारबाट एक जनाको हत्या

कञ्चनपुर, ४ चैत । कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वासमा लाठी प्रहारबाट एक जनाको हत्या भएको छ । घरायसी बिवादमा ६३ वर्षीय सफली बयाडीले प्रहार गरेको लाठीले लागेर बयाडीकी ६१ वर्षीया खन्जरी बयाडीको मंगलबार मृत्यु भएको हो ।

बयाडीले आइतबार राती ९ बजे तिर श्रीमतीसंगको विवादमा टाउकोमा लाठी प्रहार गरेका थिए । लाठी प्रहारबाट घाईते भएकी खन्जरीको स्थानीय अस्पतालमा उपचार संम्भव नभएपछी नेपालगन्ज ल्याउँदै गर्दा मंगलबार मृत्यु भएको हो ।

मृतक खन्जरीका चार छोरा वैदेशिक रोजगारीको शिलशिलामा भारतको मुम्बईमा रहेका छन् । लाठी प्रहार गर्ने सफलीलाई नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले जनाएको छ । मृतक खन्जरीको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगीएको प्रहरीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);