छिनछिनमा रोकिन्छ सिसडोल सडक | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

छिनछिनमा रोकिन्छ सिसडोल सडक

sisdol sadak

काठमाडौं, ३ साउन । नुवाकोटस्थित सिसडोल ल्यान्डफिल साइट पुग्ने सडक छिनछिनमा अवरुद्ध हुँदा राजधानीको फोहोर उठ्न सकेको छैन ।

असार १५ गते बाट बिग्रिएको सडक बुधबार दिनभर नै अवरुद्ध बन्यो । सडक मर्मतपछि साँझपख केहि टिपर फोहोर खसालेर काठमाडौं फर्केको ओखरपौवा प्रहरी चौकीले जनाएको छ । फोहोर पहाडमाथि बनाइएको सडक छिनछिनमा अवरुद्ध भएको हो । फोहोरको पानीले उकलो सडकमा टिपर चढ्न सक्दैन ओखरपौवा चौकीका असई पशुपति पाठकले भने, पानी परेपछि झनै चिप्लो हुन्छ, सडक भासिने र भ्वाङ पर्ने भइरहेको छ ।

फोहोर बोकेर बिहानै सिसडोल पुगेका टिपरहरु साँझ मात्रै फर्किए । समयमा अनलोड गर्न नसक्दा विभिन्न संघसंस्थाले राजधानीको फोहोर उठाउन छाडेका छन् । आजको कान्तिपुरको पृष्ठ ५ मा यो समाचार छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);