पहिरोले घर पुरिएर ३ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८०, शनिबार

पहिरोले घर पुरिएर ३ जनाको मृत्यु

puriyako ghar

गोरखा , २ साउन । गोरखाको शहिद लखन गाउँपालिका–६ अधेरीमा पहिरोले घर पुरिएर ३ जनाको मृत्यु भएको छ ।

अविरल वर्षापछि खसेको पहिरोले नवराज कुवँरको घर भत्कँदा १० वर्षीया छोरी प्रविना कुवँर, भान्जी २० वर्षीया सरु कुवँर र सरुकी आठ महिने छोरा युनिक कुवँरको मृत्यु भएको हो । अविरल वर्षाका कारण बुधवार बिहान करिव ६ः३० बजे पहिरो खसेर उनीहरुको बसेको कोठा पुरिएको स्थानीय रामकृष्ण श्रेष्ठले बताए । कोठा फुटाएर हेर्दा उनीहरु मृत अवस्थामा भेटिएका थिए ।

नवराजकी भान्जी सरु पूजाको निम्तो मान्न मामाघर आएकी थिइन् । पहिरोमा परि अन्य दुइ जना सामान्य घाइते भएको र अन्य केही घरहरु पनि जोखिममा रहेको स्थानीय श्रेष्ठले जानकारी दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);