सरकारी ढुकुटीमा मनोमानीः सार्वजनिक बिदाको दिन ४ अर्बको चेक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

सरकारी ढुकुटीमा मनोमानीः सार्वजनिक बिदाको दिन ४ अर्बको चेक

paisa

काठमाडौं, १ साउन । आर्थिक बर्षको अन्तिममा सरकारी ढुकुटीमा जिम्मेवार निकायहरुले मनोमानी खर्च गरिरहेका छन् ।

सार्वजनिक बिदाको दिनमै ४ अर्बको चेक काटेको पाइएको छ । सरकारी आयब्यय राख्ने महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकअनुसार सार्वजनिक बिदाको दिन अर्थात असार ३० गते शनिबारसमेत ४ अर्ब १३ करोड २२ लाख ५३ हजार पुँजीगत बजेटको चेक काटिएको छ ।

सरकारी ढुकुटीको रकम जसरी पनि खर्च गरेर उपलब्धीका रुपमा देखाउन जथाभावी रुपमा चेक काटिनुले सरकारको वित्तीय सुशासनको नारा र भूमिकामाथि नै गम्भीर प्रश्न उब्जिएको छ । आजको कारोबारको पहिलो पृष्ठमा समाचार छापिएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);