अमेरिकाद्वारा इयुको अनुरोध अस्वीकार | ईमाउण्टेन समाचार

Our Network

भदौ २४ २०८१, सोमबार

अमेरिकाद्वारा इयुको अनुरोध अस्वीकार

EU-US

एजेन्सी, ३२ असार । इरानविरुद्ध लगाइएको नयाँ प्रतिबन्धबाट आफ्ना कम्पनीलाई छुटकारा दिन युरोपियन युनियन (इयु)ले गरेको अनुरोध अमेरिकाले अस्वीकार गरेको छ ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ र अर्थमन्त्री स्टिभ मनुसिनले ईयुका समकक्षीहरूलाई पत्र लेख्दै अमेरिकी राष्ट्रिय सुरक्षालाई फाइदा पुग्ने शर्तमा मात्र ईयुको अनुरोध स्वीकार गर्न सकिने बताएका छन् ।

पत्रमा इरानमाथि यसअघि कहिल्यै नभएको आर्थिक दबाब दिन चाहेको उल्लेख गरिएको छ । अमेरिकाले इरानविरुद्ध लगाइएको नयाँ प्रतिबन्ध प्रारम्भिक चरणमा अर्को महिनाको शुरुबाट कार्यान्वयन गर्दै छ ।

अमेरिकी नयाँ प्रतिबन्धले आफ्नो अर्बौं डलर बराबरको व्यापार खतरामा पर्ने भएपछि ईयुले आफ्ना कम्पनीलाई छुटकारा दिन अनुरोध गरेको थियो । तीन वर्षअघि परमाणु सम्झौता भएसँगै युरोपका केही ठूला कम्पनीले इरानसँग व्यापार शुरू गरेका थिए । युरोपेली कम्पनीहरूले इरानको ऊर्जा क्षेत्रमा ठूलो लगानी गरेका छन् ।

ईयुले सन् २०१७ मा इरानमा जम्मा १२ दशमलव ९ अर्ब डलर बराबरको सेवा र सामान निर्यात गरेको थियो । इरानले युरोपले आर्थिक फाइदाको ग्यारेन्टी लिइरहन नसक्ने भए आफू उक्त सम्झौतामा नरहने बताएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);