काठमाडौं, २९ असार । डाक्टर गोविन्द केसीको समर्थनमा शिक्षण अस्पताल महाराजगञ्जका आवासिय चिकित्सकहरु शैक्षिक गतिविधि बन्द गरेर आन्दोलनमा उत्रिएका छन् ।
डाक्टर गोविन्द केसीको मागलाई सरकारले सुनुवाई नगरेको भन्दै आवासिय चिकित्सकले उनको आन्दोलनमा ऐक्यवद्धता जनाउँदै शैक्षिक गतिविधि बन्द गरेर आन्दोलनमा उत्रिएका हुन् ।
डाक्टर केसीको १५ औ अनसनको १४ दिन भईसक्दा पनि माग सम्बोधनमा सरकार उदासिन देखिएकाले बाध्य भएर शैक्षिक गतिविधि बन्द गरि आन्दोलनमा उत्रनु परेको आवासिय चिकित्सकहरुले बताए ।
आवासिय चिकित्सको आन्दोलनका कारण विरामीको उपचार सेवा भने प्रभावित भएको छैन । विगत सरकारले ल्याएको चिकित्सा शिक्षा विधेयकलाई जस्ताको तस्तै संसदबाट पारित गरियोस् भन्दै डाक्टर केसी जुम्लामा अनसनरत छन् ।