केसीको समर्थनमा शिक्षण अस्पतालका चिकित्सकहरु हड्तालमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

केसीको समर्थनमा शिक्षण अस्पतालका चिकित्सकहरु हड्तालमा

dr kc

काठमाडौं, २९ असार । त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालका आवासीय चिकित्सकहरु हड्तालमा उत्रिएका छन् ।

जुम्लामा १४ दिनदेखि आमरण अनशनरत डाक्टर गोविन्द केसीको जीवन रक्षाको माग गर्दै शिक्षण अस्पतालका आवासीय चिकित्सकहरु हड्तालमा उत्रिएका हुन् । शिक्षण अस्पतालमा कार्यरत आवासीय चिकित्सकहरुको संस्था नेसनल रेजिडेन्ट डक्टर्स एसोसिएसन (एनआरडीए) ले आकस्मिकबाहेकका सेवा ठप्प पारेको छ । एनआरडीएले विज्ञप्ति जारी गरी सरकारी रवैयाले आकस्मिकबाहेकका सबै सेवा ठप्प पार्ने कठोर बाटो रोजेको जनाएको छ ।

केसीको अससन टुंग्याउन सरकारले अहिलेसम्म कुनै पहल गरेको छैन । अनसनका कारण केसीकोस्वास्थ्य अवस्था कमजोर बन्दै गइरहेको छ । एनआरडीएले कालोपट्टी बाँध्ने लगायत विरोध कार्यक्रमको सुनुवाई नभएको र केसीको अनसन टुंग्याउन चासो नदेखाएकाले कठोर कदम चालिएको भन्दै आफूहरुको आन्दोलनका कारण विरामीले भोग्नुपर्ने असुविधाको जिम्मा सरकारले लिनुपर्ने बताएको छ ।

केसीको समर्थनमा अस्पतालमा उपचार बन्द गरेका चिकित्सकहरुले केहीबेरपछि माइतीघरको खुला सडकमा बिरामी जाँच्न सुरु गर्दै छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);