भक्तपुर, २८ असार । अविरल वर्षासँंगै आएको बाढी पहिरोका कारण देशका अधिकांश भागको जनजीवन प्रभावित भएको छ । हनुमन्ते खोलामा आएको बाढीका कारण लिबाली, सल्लाघारी, जगाती लगायत क्षेत्र डुबानमा परेका हुन् ।
भूकम्पपीडितको शिविर डुबानमा परेको छ । मध्यपुरथिमिका राधेराधे र कमेरोटार जग्गा एकीकरण आयोजनाभित्र रहेका बस्ती पूरै डुबानमा परेका छन् । जमीनबाट चारफिट माथिसम्म पानी जम्दा घरको भुइँतलामा बस्नेको बिजोग भएको छ ।
डुबानमा परेका कतिपयलाई क्रेन प्रयोग गरेर उद्धार गरिएको छ । डुबान क्षेत्रका पसलहरु सबै बन्द रहेका छन् । मनोहरा खोलामा आएको बाढीका कारण जडीबुटीस्थित सुकुम्बासी बस्ती पूरै डुबानमा परेको छ ।