काठमाडौं, २८ असार । वर्षाका कारण भक्तपुरको चाँगुनारायण नगरपालिका– ७ स्थित मझुवा बागेहिटीमा घरपछाडि पहिरो खस्दा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ७० वर्षीय हिराबहादुर लामा, ६५ वर्षीय तानमाया लामा र दुई वर्षीय सम्पदा लामा हुन् । भक्तपुरका राधेराधे, लिबाली, जगाती लगायत स्थानमा डुबानमा परेकाहरुलाई क्रेन र डुंगामार्फत उद्धार गरिंदै छ ।