पार्टी एकता भंग गर्ने गच्छदारको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

माघ १० २०८१, बिहीबार

पार्टी एकता भंग गर्ने गच्छदारको चेतावनी

bijaya kumar gachhadar

काठमाडौं, २५ असार । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले पार्टी एकता भंग गर्ने चेतावनी दिएका छन् । नेता गच्छदारले पार्टी एकीकरणका बेला भएको सहमति कार्यान्वयन नभएको भन्दै पार्टी एकता भंग गर्ने चेतावनी दिएका हुन् ।

सोमबार काठमाडौंमा पार्टीका पूराना नेताहरुसँगको सामूहिक भेटमा उनले आफू लगायत तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका नेता, कार्यकर्तालाई अपमान गर्ने काम गरेको भन्दै आक्रोश व्यक्त गरे । उनले गुट र उपगुटमा विभाजित कांग्रेसले कम्युनिष्ट नेतृत्वको सरकारलाई सामना गर्न नसक्ने दाबीसमेत गरे ।

गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम र कांग्रेसबीच गत असोज २१ गते पार्टी एकीकरण भएको थियो । नेता गच्छदारले पार्टी एकीकरणताका दुई पार्टीबीच भएको सहमति कार्यान्वयन नभएपछि आफू पार्टी एकता भंग गर्न बाध्य हुने अवस्थामा पुगेको स्पष्ट पारे ।

गच्छदारले निर्वाचनमा पार्टी भित्रैबाट आफूलाई हराउन कोसिस गरिएको, पार्टी नेतृत्वले रामजनम चौधरीलाई केन्द्रिय सदस्य बनाउनसमेत अस्विकार गरेको भन्दै पार्टी नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);