जिउँदै जलाइएकी किशोरीको मृत्यु भएपछि परिवारद्दारा दोषीलाई कार्बाहीको माग | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

जिउँदै जलाइएकी किशोरीको मृत्यु भएपछि परिवारद्दारा दोषीलाई कार्बाहीको माग

mirtu kishori

बिमल पुरी ,
रुपन्देही, २४ असार । जिउँदै जलाइएकी रुपन्देहीको कञ्चन गाउँपालिकाकी १५ बर्षिय किशोरी समिक्षा ठकुरीको मृत्यु भएपछि परिवारले दोषीलाई कार्बाहीको माग गरेका छन् ।

उपचारको क्रममा समिक्षाको काठमाडौमा मृत्यु भएपछि परिवारले दोषीलाई कार्बाहीको माग गरेका हुन् । रुपन्देहीको कञ्चन गाउँपालिकाकी १५ बर्षिय किशोरी समिक्षा ठकुरीलाई गत असार १० गते बिहान घरमै मट्टीतेल छर्केर जलाइएको थियो । जलरहेकी छोरीको शरिरबाट आगो निभाएर बुबा तेजबहादुर ठकुरीले उपचारका लागि लुम्बिनी अञ्चल अस्पाताल बुटवलमा पुर्याएका थिए ।

तर त्यहाँ उनको उपचार सम्भव पाल्पाको मिशन अस्पताल हुँदै काठमान्डौंमा ल्याइएको थियो । उपचारको क्रममा समिक्षाको यहि असार २० गते मृत्यु भयो । तर कसले र किन जलाइयो भन्ने कारण अझै खुल्न सकेको छैन । समिक्षाको मृत्युभएपछि उनकी आमा माया थापाले प्रहरीमा किटानी जाहेरी दिएकी छिन् । हजुरआमा र फुपुहरुले योजनाबद्ध तरिकाले समिक्षालाई जलाइएको भन्दै मायाले प्रहरीमा किटानी जाहेरी दिएकी हुन् ।

ईलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरिक्षक दिपेश वस्यालले सुक्ष्म तरिकाले घटनाको अनुसन्धान गरिरहेको बताएका छन् । तर घटना भएको दुई सातासम्म पनि सत्य तथ्य बाहिर आउन सकेको छैन । परिवारले छानबिन गरि दोषीलाई कार्बाही गर्न माग गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);