काठमाडौं, २२ असार । काठमाडौंको नागार्जुन नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ८१ करोड रुपैयाँको बजेट ल्याएको छ । नगरपालिकाले आगामी आर्थिक वर्ष २०७५/७६ का लागि पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य खानीपानीलगायतलाई प्राथमिकतामा राखेर बजेट ल्याएको हो ।
पूर्वाधारमा पनि सडकलाई विशेष प्राथमिकतामा राखिएको नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतले जानकारी दिए । त्यसबाहेक अन्य सामाजिक, आर्थिक विकासलाई पनि बजेटले राम्रोसँग सम्बोधन गरेको उनको भनाइ छ ।
पूर्वाधार विकास, शिक्षा स्वास्थ्य, खानेपानी, ढल निकासलगायतका सामाजिक विकास र कृषि, पशु सेवा, पर्यटनलगायत क्षेत्रलाई बजेटमा प्राथमिकता दिइएको छ । नगरपालिकाका मेयर बस्नेतले नगर विकासका घोषित योजनामा साथ दिन सबै पक्षलाई आह्वान गरे ।