सार्क विकास कोषले नेपालका साना उद्योगलाई सघाउने | ईमाउण्टेन समाचार

Our Network

असार २१ २०८३, सोमबार

सार्क विकास कोषले नेपालका साना उद्योगलाई सघाउने

SAARC

काठमाडौं, २२ असार । नेपालका साना उद्योगको विकास र प्रवर्धनमा सार्क विकास कोषले सघाउने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ तथा सार्क चेम्बर अफ कमर्स र कोषबीच भएको बैठकमा कोषको रकमबाट नेपालका साना उद्योगहरुको प्रवर्धनमा सघाउने सहमति भएको हो ।

दिल्लीमा सम्पन्न बैठकमा महासंघकी अध्यक्ष भवानी राणा, सार्क उद्योग वाणिज्य संघका अध्यक्ष रुवान इदिरिसिंहे, सार्क उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चण्डिराज ढकाल, विकास कोषका प्रमुख कार्यकारी अधिकृत डा. सुनिल मोतिवाल सहभागी थिए ।

उक्त बैठकमा नेपालमा साना तथा मझौला उद्यम व्यवसायमा समयवद्ध परियोजनामा सहयोग गर्नेमा कोषले प्रतिवद्धता जनाएको हो ।

ताजा समाचार