संसदीय सुनुवाई विशेष समितिका लागि तीन जनाको नाम अनुमोदन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

संसदीय सुनुवाई विशेष समितिका लागि तीन जनाको नाम अनुमोदन

काठमाडौं, २२ असार । राष्ट्रियसभाले संसदीय सुनुवाई विशेष समितिका लागि तीन जना सदस्यको नाम अनुमोदन गरेको छ ।

शुक्रबार बसेको राष्ट्रियसभाको बैठकले सुमन प्याकुरेल, नन्दा चपाईं र जितेन्द्रनारायण देवलाई सुनुवाई समितिमा पठाउने निर्णय गरेको हो । १५ सदस्यीय संसदीय सुनुवाई समितिमा प्रतिनिधिसभाबाट १२ र राष्ट्रियसभाबाट तीन जना रहने संवैधानिक व्यवस्था छ ।

प्याकुरेल र चपाईं नेकपा र देव नेपाली कांग्रेसबाट निर्वाचित हुनुभएको हो । प्रतिनिधिसभाले पनि आजै सदस्यहरुको नाम अनुमोदन गर्ने तयारी गरेको छ । सुनुवाई समिति गठन भएसँगै संवैधानिक निकायमा नियुक्तिको बाटो खुला हुनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);