कैलालीमा जलसतह मापन गर्ने 'डिस्प्ले बोर्ड' काम नलाग्ने अवस्थामा | ईमाउण्टेन समाचार

Our Network

माघ ११ २०८१, शुक्रबार

कैलालीमा जलसतह मापन गर्ने ‘डिस्प्ले बोर्ड’ काम नलाग्ने अवस्थामा

display board

श्रवण देउवा
कैलाली, २० असार
। लगातारको बर्षाले कैलाललीको विभिन्न क्षेत्र डुबानमा पर्नुका साथै नदीमा पानीको सतह बढेको छ । तर नदीमा पानीको बहाव र बर्षाको विवरण देखाउन जिल्ला प्रशासन कार्यालय कैलालीमा राखिएका डिस्प्ले बोर्डहरु बिग्रिएका छन् । पूर्व सूचना दिन राखिएका डिस्प्ले बोर्डहरु बिग्रिएको लामो समयसम्म पनि बनाउन कसैले चासो दिएको छैन ।

अविरल बर्षासँगै आएको बाढी र डुबानका कारण धनजनको क्षति हुन थालेको छ । नदीहरुमा पानीको बहाव बढ्नुका साथै जमिन कटान गर्न थालेको छ । तर पानीको बहाव र बर्षाको विवरण देखाउन जिल्ला प्रशासन कार्यालय कैलालीमा राखिएका डिस्प्ले बोर्डहरु बिग्रिएका छन् । कर्णाली र मोहना नदीको पानिको सतहलाइ देखाउन जडान गरिएको डिस्प्ले बोर्डहरु गत पुसमै बिग्रेको भएपनि अहिलेसम्म बनाउन कसैले चासो दिएको छैन ।

बाढी र डुबानले धनजनको क्षति हुन थालेपछि सरोकारवाला निकायले डिस्प्ले बोर्डहरु मर्मत गर्ने आश्वासन दिएका छन् । वर्षौनी बाढी र डुबानले जनधनको क्षति गर्न थालेपछि पूर्व सूचना दिन डिस्प्ले बोर्ड जडान गरीएको थियो ।

यता प्रशासनले विपद् व्यवस्थापनको तयारी तीव्र पारेको दाबी गरेको छ । तर पूर्व सूचना दिने बोर्डहरु नै बन्द हुनुले तयारी कस्तो छ भन्ने प्रष्ट देखिन्छ । पूर्व सूचना दिने प्रणालीलाई चुस्त बनाउने हो भने बाढी र डुबानबाट हुने क्षति न्यूनीकरणमा सहज हुने थियो की ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);