रुपन्देहीमा विपद् व्यवस्थापनको तयारी सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

रुपन्देहीमा विपद् व्यवस्थापनको तयारी सुरु

butwal upamahanagar palika

बिमल पुरी
रुपन्देही, २० असार । बाढी र डुबानले धनजनको क्षति गर्न थालेपछि रुपन्देहीका स्थानीय सरकारले विपद् व्यवस्थापनको तयारी सुरु गरेका छन् । ढिला गरि तयारी सुरु गरेको भन्दै स्थानीयले गुनासो गरेका छन् ।

अविरल बर्षाका कारण रुपन्देहीको धेरै भू–भाग जलमग्न भएको छ । बाढी र डुबानबाट क्षति हुन नदिन स्थानीय सरकारले विपद् व्यवस्थापनको पूर्व तयारी सुरु गरेको छ । बुटवल उपमहानगरपलिकाले जोखिम क्षेत्रलाइ क्षेत्रमा विपद् व्यवस्थापनको सामाग्री पठाएको छ ।

विपद् व्यवस्थापन समितिले बाढी र डुबानको जोखिम रहेकाले सतर्क रहन स्थानीयलाई अपिल गरेको छ । त्यस्तै विपदे व्यवस्थापनको लागि विभिन्न संघसंस्था पनि सक्रिय भएका छन् ।

ढिला गरि व्यवस्थापनको तयारी सुर गरेको भन्दै स्थानीयले गुनासो गरेका छन् । उनीहरुले विपद् व्यवस्थापन दीर्घकालीन रुपमा समाधान गर्नुपर्नेमा जोड दिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);