रौतहटमा प्रहरीको इन्काउण्टरमा हतियार कारोबारीको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

फागुन ४ २०८१, आइतबार

रौतहटमा प्रहरीको इन्काउण्टरमा हतियार कारोबारीको मृत्यु

death

काठमाडौं, १५ असार । रौतहटमा प्रहरीसँगको गोली हानाहानमा एकजना हतियार कारोबारीको मृत्यु भएको छ ।

रौतहटको राजदेवी नगरपालिकामा पर्ने बाग्मती खोलाको किनारमा गएराति प्रहरी र हतियार कारोबारीबीच दोहोरो गोली हानाहान हुँदा हतियार कारोबारीको मृत्यु भएको हो । हतियार कारोबारी भारतीय नागरिक भएको बताइएको छ । गोली लागेर घाइते भएका कारोबारीको उपचारका क्रममा जिल्ला अस्पताल गौरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

तस्करीको सूचनाका आधारमा खटिएको विशेष टोलीमाथि मोटरसाइकलमा सवार तीन जनाको समूहले गोली प्रहार गरेपछि जवाफी फायरिङ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले घटनास्थलबाट १२ राउन्ड गोलीसहितको एसएमजी बन्दुक फेला पारेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);