एजेन्सी, १३ असार । भारतले नेपाल र बंगलादेशसँग आयात–निर्यात बढाउनका लागि इलाहावादबाट हल्दिया भाया पटना हुँदै गंगा नदीमा मालबाहक पानी जहाज संचालन गर्ने भएको छ । यो मार्ग चालु भएपछि नेपाल, भारत र बंगलादेश लाभान्वित हुने बताइएको छ ।
व्यापार व्यवसाय वृद्धिका लागि नयाँ नयाँ मार्गको खोजी भइरहेको बेला रेल र सड्क मार्गको बोझ घटाउन भारतमा उत्तर प्रदेशको इलाहावाद बाट पश्चिम बंगालको हल्दिया भाया पटना हुदै गंगा नदिमा मालबाहक पानी जहाज चलाउने तैयारी भइरहेको छ ।
भारत ,नेपाल र बंगलादेशलाई ध्यानमा राखि व्यापारीक कारोबार पानी जहाजबाट सहज बनाउन भारतले यस्तो तयारी गरेको हो । यसका निम्ति बिहारको वैशाली जिल्लाको वैशाली कालु घाटको गंगा नदिमा अन्तरर्देशिय जलमार्ग प्राधिकरणको इन्टर मोडल टर्मिनल निर्माणमा गरिने भएको छ । जस्का निम्ति दिघा पहलेजा गंगा रेल पुल नजिक २० एकड जग्गाको माग गरिएको छ ।
भारतले इलाहाबादबाट हल्दिया भाया पटना गंगा नदिमा मालबाहक जहाज संचालनमा आएपछि बंगलादेश र नेपाल संगको आयात निर्यात बढ्ने विश्वास गरिएको छ । यस अघि भारत विहारको पटनामा गायघाट जलमार्ग टर्मिनलको प्रयोग माल ढुवानीका निम्ति गरिएपनि त्यो ठाउंमा स्थान अभावका कारण सामान ओसार प्रसारमा समस्या उत्पन्न हुँदै आएको छ ।
पटनाको उत्तर बैशाली जिल्लामा कालु घाटमा नयाँ इंटर मोडल टर्मिनलको निर्माण पछि उत्तर विहारलाई राष्ट्रिय राजमार्गलाई जोड्न मदत पुग्ने पनि बताइएको छ । कालु घाटमा पानी जहाज राख्ने यार्ड पनि निर्माण गरिने छ । यसका लागि २८० दशमलव ९ करोड भारु खर्च हुने बताइएको छ ।
पश्चिम बंगालको हल्दियाबाट उत्तर प्रदेशको दुरी १५४७ किलोमिटर रहेको छ । यो मार्ग चालु भएपछि सड्क र रेलवे मालभानमा पनि बोझ घट्ने जनाइएको छ ।