कपिलवस्तु सदरमुकाम तौलिहवा सुनसान | ईमाउण्टेन समाचार

Our Network

पुष १९ २०८१, शुक्रबार

कपिलवस्तु सदरमुकाम तौलिहवा सुनसान

taulihawa

शम्भू माली,
कपिलवस्तु, १३ असार । कपिलवस्तु सदरमुकाम तौलिहवा सुनसान भएको छ । प्रशासनिक काम स्थानीय तहबाट हुन थालेपछि सदरमुकाम सुनसान भएको हो । सदरमुकाममा व्यवसाय गरेर बसेका पनि गाउँ फर्किन थालेका छन् ।

स्थानीय तहको निर्वाचनपछि प्रशासनिक काम गाउँबाटै हुन थालेपछि कपिलवस्तु सदरमुकाम सुनसान भएको हो । सदरमुकाममा व्यवसाय गरेर बसेका पनि गाउँ फर्किन थालेका छन् । गाउँगाउँमा भने चहलपहल बढेको छ । ग्रमिण क्षेत्रमा यातायात सेवा पुगेसँगै उपभोग्य बस्तु खरिदका लागि सदरमुकाम आउनु पर्ने बाध्यता हटेको छ । तर तौलिहवामा भने व्यवासय खस्किएको भन्दै व्यवसायी चिन्तित भएका छन् ।

कपिलवस्तु भगवान गौतम बुद्धको नगरी भएकोले धार्मिक तथा पर्यटकीय क्षेत्रमा विकास गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । प्रशासनिक काम स्थानीय तहबाट हुन थालेपनि शिक्षा स्वास्थ्य रोजगारका लागि सदरमुकाम धाउनु पर्ने बाध्यता छ । सुनसान बन्दै गएको सदरमुकामलाई पर्यटकीय क्षेत्रमा विकास गर्न विशेष कार्यक्रम ल्याउन सरोकारवालाले जोड दिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);