धरहरा निर्माणका लागि ६ वटा निर्माण कम्पनीको आवेदन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

धरहरा निर्माणका लागि ६ वटा निर्माण कम्पनीको आवेदन

dharahara namuna

काठमाडौं, ७ असार । धरहरा निर्माणका लागि ६ वटा नेपाली निर्माण कम्पनीले आवेदन दिएका छन् । पुर्ननिर्माण प्राधिकरणले धरहरा निर्माणका लागि आव्हान गरेको इ टेण्डरमा ६ वटा नेपाली कम्पनीले आवेदन दिएका हुन् । त्यसैगरी ६ वटै चिनियाँ कम्पनीको पनि आदेवन परेको छ ।

नेपाली र चिनीयाँ कम्पनीको संयुक्त साझेदारीमा निर्माण गर्न लागिएको धरहरा निर्माणका लागि ज्वाइन्ट भेन्चरमा निर्माण गर्ने गरि ६/६ वटा नेपाली र चिनियाँ कम्पनीको आवेदन परेको सम्पदा संरक्षण, सार्वजनिक भवन तथा पूर्वाधार महाशाखाको सहसचिव राजुमान मानन्धरले जानकारी दिए ।

आवेदन दिएका सबै कम्पनीको मुल्यांकन पछि सम्बन्धीत कम्पनिलाई जानकारी गराएर एकसाता पछि इ टेण्टर खोलिने उनले जानकारी दिए ।

लिफ्ट सहितको २२ तले धरहरा बनाउनका लागि प्राधिकरणले आव्हान गरेको इ टेण्डरको समय विहिबार सकिएको छ । रसुवा, कालिका कन्स्ट्रक्सनले संयुक्त रुपमा दरखास्त हालेका छन् । त्यसैगरी आशिष निर्माण, रमण र ब्राउन लगायतका कम्पनीले धरहरा निर्माणका लागि आवेदन दिएका हुन् ।

प्राधिकरणले असार मसान्तभित्र धरहरा निर्माणका लागि सिलन्यास गर्ने गरि द्रुत गतिमा काम अघि बढाईएको जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);