विमल जैरु
डडेल्धुरा, ६ असार । मगर समुदायको लोकप्रिय मारुनी नाच लोप हुने अवस्थामा पुगेको भन्दै डडेल्धुराका मगर समुदाय संरक्षणमा जुटेका छन् । मारुनी नाच खर्चिलो र झन्झटिलो भएकाले लोप हुने अवस्थामा पुगेको अगुवाहरुको भनाइ छ ।
मगर समुदायमा मारुनी नाच लोकप्रिय मान्निछ । दशै तिहार लगायतका चडपर्वमा मारुनी नाच नाचिन्छ । तर पछिल्लो समय विदेशी कला संस्कृतिका कारण मारुनी नाच लोप हुन लागेको भन्दै डडेल्धुराका मगर समुदाय संरक्षणमा जुटेका छन् ।
आलिताल गाउपालिका ढोलाका मगर समुदाय मारुनी नाचको संरक्षणमा जुटेका हुन् । अन्य नाचको तुलनामा मारुनी नाच खर्चिलो र झन्झटिलो भएकाले नयाँ पुस्ताले अनुसरण गर्न नसकेको उनीहरुको भनाइ छ ।
स्थानीय सरकारले पनि मारुनी नाचको संरक्षण गर्ने प्रतिबद्धता जनाएको छ । मारुनी नाचको संंरक्षणमा युवा पस्तालाई प्रोत्साहन गर्नुपर्नेमा अभियन्ताहरुले जोड दिएका छन् । ।