संविधान संशोधन विधेयक पारित हुन नदिने ओलीको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

मंसिर १७ २०८१, सोमबार

संविधान संशोधन विधेयक पारित हुन नदिने ओलीको चेतावनी

kp oli

काठमाडौं, २ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन विधेयक पारित हुन नदिने चेतावनी दिएका छन् । अध्यक्ष ओलीले संविधान संशोधन विधेयक निर्णयार्थ पेश गर्ने उपयुक्त समय अहिले नभएको बताउँदै यस्तो चेतावनी दिएका हुन् ।

 

उनले राष्ट्रिय हित विपरित ल्याइएको संविधान संशोधन विधेयकलाई पारित गराउन नदिइने चेतावनी दिए । शुक्रबार पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रवादी शक्तिहरुलाई कमजोर बनाउने गरी सत्तापक्षले विधेयक निर्णयार्थ पेश गर्न खोजेको आरोप लगाए । सरकारले आगामी सोमबार संविधान संशोधन विधेयक संसदमा निर्णयार्थ पेश गर्ने तयारी गरेको छ ।

 

अध्यक्ष ओलीले प्रदेश र प्रतिनिधि सभा निर्वाचन क्षेत्र निर्धारणको काममा ढिलाई नगर्न पनि सरकारलाई सचेत गराए । उनले सत्तारुढ दलहरुले आसन्न निर्वाचनमा आफ्नो पक्षमा परिणाम आउने गरी क्षेत्र निर्धारणको काममा षडयन्त्र गरिरहेको भन्दै शंका व्यक्त गरे ।

 

अध्यक्ष ओलीले राहत वितरणको काममा राजनीति नगर्न पनि सरकारलाई सचेत गराएका छन् । उनले राजनीतिक लाभहानीको आधारमा सरकार र सत्तारुढ दलका नेताहरुले राहत वितरणको कामलाई प्रचारवाजीको विषय बनाएको भन्दै आपत्ति प्रकट गरे ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);