बैतडीको सदरमुकाम खलंगा जोड्ने सडक लथालिंग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

बैतडीको सदरमुकाम खलंगा जोड्ने सडक लथालिंग

प्रेम भाट
बैतडी, २ असार । बैतडीको मुख्य व्यापारिक केन्द्र गोठलपानी देखि जिल्ला सदरमुकाम खलंगासम्मको सडकको अवस्था लथालिंग छ । करिब १ किलोमिटर सडक व्यवस्थित नुहँदा सडक तलको बस्ती त जोखिममा परेको छ नै जताततै खाल्डाखुल्डी हुँदा यात्रामासमेत जोखिम भएको छ ।

बैतडीको मुख्य व्यापारिक केन्द्र गोठलापानी देखि सदरमुकाम खलंगासम्मको दुरी जम्म एक किलोमिटर मात्र छ । तर, यती छोटो बाटो पनि सम्बन्धित निकायले ममर्त गर्न चासो नदेखाउँदा स्थानीयले भने सास्ती बेहोर्दै आएका छन् ।

सडक मर्मतका लागि वर्षेनी बजेट विनियोजन हुने भए पनि सडक व्यवस्थित हुनसकेको छैन । वर्षातको समयमा बाढी आएर सडक खोलाजस्तै देखिन्छ । ढलको उचित निकास नहुँदा सडकतल रहेको बस्ती समेत जोखिममा परेको छ । सडकमा जताततै भएका खाल्डाखुल्डीका कारण यात्रामा पनि जोखिम भएको स्थानीयको भनाइ छ ।

विक्रम संवत २०६८ सालमा तत्कालिन जिल्ला विकास समितिकोे ५० लाख लागतमा कालोपत्रे गरिएको उक्त सडकमा सहरीविकास तथा भवन डिभिजन कार्यालय र दशरथचन्द नगरपालिकाले पनि पटक–पटक मर्मत गरेको जनाएका छन् ।

तर, सडकको दुराअवस्था भने फेरिएको छैन । सडक स्तरोन्नतीका लागि यस आर्थिक वर्षमा पनि शहरी विकास तथा भवन डिभिजन कार्यालयले आठ करोडको टेन्डर आह्वान गरेको जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);