मोरङस्थित कार्टुन फ्याक्ट्रीमा आगलागी, ६ वटा गोदाममा क्षति | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

मोरङस्थित कार्टुन फ्याक्ट्रीमा आगलागी, ६ वटा गोदाममा क्षति

aagalagi

मोरङ, ३१ जेठ । मोरङस्थित अरिहन्त कार्टुन फ्याक्ट्रीको गोदाममा भिषण आगलागी भएको छ । मोरङको बुढीगंगा गाउँपालिका वडा नम्बर ३ मा रहेको फ्याक्ट्रीको गोदाममा गएराति करिब १० बजेबाट सल्किएको आगो आज विहान ६ बजे नियन्त्रणमा लिइएको हो ।

आगलागीका कारण गोदाममा राखिएको मेसिन, कच्चा पदार्थ र तयारी सामानहरु जलेर नष्ट भएको फ्याक्ट्रीका निर्देशक पंकजकुमार लुनियाले जानकारी दिए ।

हंशराज जैन, पारश लुनिया र गिरिस लुनियाको स्वामित्वमा रहेको फ्याक्ट्रको गोदाममा लागेको आगो नेपाल प्रहरी, सशष्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको थियो । आगलागी विद्युत सर्ट भई भएको हुनसक्ने आशंका गरिएको छ । आगलागीबाट फ्याक्ट्रीको ६ वटा गोदामा क्षति पुगेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);