प्रधानमन्त्री ओलीद्वारा संवैधानिक परिषद्को बैठक बोलावट | ईमाउण्टेन समाचार

Our Network

फागुन २७ २०८२, बिहीबार

प्रधानमन्त्री ओलीद्वारा संवैधानिक परिषद्को बैठक बोलावट

kp oli pm

काठमाडौं, २९ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् ।

सर्वोच्च अदालतमा प्रधानन्यायाधीशको नाम सिफारिस गर्न प्रधानमन्त्री ओलीले आज अपरान्ह पाँच बजेका लागि परिषद्को बैठक बोलाएका हुन् । प्रतिनिधि सभाले कार्यसञ्चालन नियमावली बनाएर संसदीय सुनुवाई विशेष समिति गठनको बाटो खोलेसँगै प्रधानमन्त्री ओलीले परिषद्को बैठक बोलाएका हुन् ।

परिषद्को सिफारिस संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । सर्वोच्चमा प्रधानन्यायाधीशको पद गत चैत १ गतेदेखि खाली छ । सर्वोच्चका अलावा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि प्रमुख आयुक्तको पद खाली छ ।

ताजा समाचार