प्रधानमन्त्रीले किन बोलाए संवैधानिक परिषदको बैठक ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

प्रधानमन्त्रीले किन बोलाए संवैधानिक परिषदको बैठक ?

काठमाडौं, ५ वैशाख । आगामी शुक्रबार संवैधानिक परिषद्को बैठक बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद्को बैठक बिहान ९ बजे बालुवाटारमा बस्ने गरी बोलाएका हुन् ।

सोमबार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निवासमा भएको शीर्ष तीन दलका नेता र सभामुखसहितको छलफलमा प्रधानन्यायाधीश नियुक्त गर्न संवैधानिक परिषदको बैठक बोलाउने सहमति जुटेको हो ।

बिरामी भएर आराम गरिरहेका ओलीलाई भेट्न प्रधानमन्त्री दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, सभामुख देवराज घिमिरे उनको निवास बालकोट पुगेका थिए ।

संवैधानिक बैठकपछि प्रधानन्यायाधीशको नियुक्ति प्रक्रिया अघि बढ्नेछ ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);