आज संवैधानिक परिषदको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

आज संवैधानिक परिषदको बैठक बस्दै

काठमाडौं, २५ वैशाख । प्रधानन्यायाधीश नियुक्तिलगायतको विषयमा छलफल गर्न आज संवैधानिक परिषद्को बैठक बस्दैछ । बैठक साँझ ६ बजे बोलाइएको छ ।

संवैधानिक परिषद्का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शनिबार परिषद् सदस्य प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफलपछि बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा साँझ ६ बजे बस्ने तय गरिएको हो ।

प्रधानन्यायाधीश नियुक्तिमा प्रधानमन्त्री प्रचण्डले सक्रियता बढाइरहेका छन् । बारले न्यायालयको नेतृत्व गर्ने प्रधानन्यायाधीश नहुँदा न्याय सम्पादनमा असर परेको भन्दै प्रधानन्यायाधीश नियुक्ति गर्न प्रधानमन्त्री प्रचण्ड, प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष ओलीलगायतका नेताहरूलाई नेपाल बारले दबाब दिँदै आइरहेको छ ।

तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग दर्ता भएसँगै २०७८ साल फागुन १ गतेदेखि सर्वोच्च अदालत प्रधानन्यायाधीशविहीन छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);