राष्ट्रिय सभालाई सरकारले संघीय संसदको रुपमा स्वीकार्न सकेनः जितेन्द्रनारायण देव | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

राष्ट्रिय सभालाई सरकारले संघीय संसदको रुपमा स्वीकार्न सकेनः जितेन्द्रनारायण देव

काठमाडौं । राष्ट्रिय सभा सदस्य जितेन्द्रनारायण देवले राष्ट्रिय सभालाई सरकारले संघीय संसदको रुपमा स्वीकार्न नसकेको आरोप लगाउनुभएको छ ।

सोमवारको राष्ट्रिय सभा बैठकमा उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले प्रतिनिधि सभा र राष्ट्रिय सभाको महत्व बराबर भएपनि सरकारले त्यसलाई स्वीकार्न नसकेको बताउनु भयो । उहाँले प्रतिनिधि सभा भन्दा कुनैपनि हिसावले राष्ट्रिय सभाको अधिकार, गरिमा, संविधानले दिएको मान्यता कमजोर नरहेको जिकिर गर्नुभयो । उहाँले सरकारले राष्ट्रिय सभाका ४ वटा समितिहरुले दिने निर्देशन र सुझाव सरकारले गम्भीरताका साथ नलिएको पनि बताउनु भयो ।

राष्ट्रिय सभा सदस्य देवले आगामी दिनमा सरकारले संसदीय समितिहरुले दिने निर्देशन र सुझावलाई गम्भीरताका साथ लिनुपर्नेमा जोड दिनुभयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);