अछाम, २८ जेठ । अछाममा रहेका सहकारी संस्थाको अभिलेख स्थानीय तहलाई हस्तान्तरण गरिएको छ । डिभिजन सहकारी कार्यालय डोटीमा दर्ता भइ नियमित नविकरण र लेखा परिक्षण गरेका १ सय ८८ सहकारी संस्थाको अभिलेख स्थानीय तहमा हस्तान्तरण गरिएको हो ।
जिल्ला समन्वय समिति अछामका प्रमुख नरबहादुर कुँवरले १० वटै स्थानिय तहका प्रमुखलाई सहकारीको अभिलेख हस्तान्तरण गरेका हुन् । अछाममा २ सय २८ सहकारी दर्ता भएका छन् । सहकारी विभागका अनुसार प्रदेश ७ को ४ जिल्लाका ७ सय ५९ सहकारी स्थानीय तहमा हस्तान्तरण गरिएको छ ।




